मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान « Khabarhub

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा नयाँ कीर्तिमान बनाएका छन्। सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले लुम्बिनी लायन्सविरुद्ध फाइनलमा अविजित १२५ रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बनेका हुन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मुन्सेले मात्र ५४ बलमा १२५ रन बनाएका हुन्। उनले ४९ बलमै शतक पूरा गरेका थिए।

यससँगै उनले एनपीएलमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसअघि चितवन राइनोजका कामिल मिशाराले काठमाडौं गुर्खाजविरुद्ध अविजित १२० रन बनाउँदै यो कीर्तिमान कायम गरेका थिए। मुन्सेले उक्त कीर्तिमान पाँच रनले तोडेका हुन्।

मुन्सेको विस्फोटक ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको लक्ष्य कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रन बनाए। उनले २७ बलको सामना गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ४० रन बनाए। उनले ३१ बलमा अविजित इनिङ्स खेले।

मुन्सेको कीर्तिमानी शतकसँगै सुदूरपश्चिमले १० विकेटको शानदार जित निकाल्दै तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको छ।

यसअघि सुदूरपश्चिम पहिलो संस्करण र दोस्रो संस्करणमा पनि फाइनल पुगेको थियो। तर दुवै पटक उपाधि जित्न असफल भएको टोलीले तेस्रो प्रयासमा भने च्याम्पियन बन्न सफल भयो।

फाइनलमा मुन्सेको प्रदर्शनले सुदूरपश्चिमलाई पहिलोपटक एनपीएल च्याम्पियन बनाउन मात्र मद्दत गरेन, प्रतियोगिताको व्यक्तिगत ब्याटिङतर्फको ठूलो कीर्तिमानसमेत कायम गर्‍यो।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ४० बजे

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको