काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले पराजित गर्यो ।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाइ १३ ओभर ३ बलमा भेट्टायो ।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले शतकीय पारी खेले । ५४ बलको सामना गरेका उनले १२५ रन बनाए । यस क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे ।
विनोद भण्डारीले २७ बलमा ३० रन बनाए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
लुम्बिनीका लागि दिलिप नाथले ३९ रन बनाए । ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे ।
त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३० रनको योगदान गरे । निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन र डार्सी सर्टले १८ बलमा २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले २ तथा दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले समान १ विकेट लिए ।














प्रतिक्रिया