पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु « Khabarhub

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–६ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–३ फुलगैरामा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ५७ बजे

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका

कांग्रेसको १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका अनुमोदन

काठमाडौं – नेपाली कांग्रेसको १८ पुसमा बसेको कार्यसम्पादन समितिले आगामी

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

कुलमानको स्पष्टीकरण : कसैसँग एकता हुँदैन, नेकपासँग पनि मिल्ने सम्भावना छैन

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा