ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा « Khabarhub

ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आएका छन्।

ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, “यो भ्रमण ब्राजिलका मुख्य साझेदारहरूसँगको कूटनीतिक सम्बन्धको पुनः सुरुवातको एक हिस्सा हो ।”

लुलाको चीन, संयुक्त राज्य अमेरिका र बाजिलको छिमेकी अर्जेन्टिना र उरुग्वेको भ्रमणपछि यो निर्णय भएको कार्यालयले जनाएको छ ।

दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चार वर्षको सापेक्षिक अलगावपछि अन्तर्राष्ट्रिय मञ्चमा ‘ब्राजिल फर्किएको छ’ भन्ने प्रतिवद्धता गर्दै वरिष्ठ वामपन्थी नेताले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्ने प्रयास गर्दै उहाँले सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने कसम खाएका छन् । एकातिर संयुक्त राज्य अमेरिका र युरोप वा अर्कोतर्फ चीन र रूसको पक्ष लिने कुराको उनले विरोध गरेका छन्।

तर सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका ७७ वर्षीय नेताले युक्रेन द्वन्द्वलाई लिएर युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि केही कूटनीतिक असहजताको सामना गर्नुपर्ने हुन सक्छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ०८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल