१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो « Khabarhub

१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ ।

गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु प्रदूषणले गर्दा १५ दिनमा नै कालो भएको हो । वायु प्रदूषण गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो राखिएको थियो । उक्त फोक्सो आज १५ दिनपछि झिकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमा नै फोक्सो कालो देखिनुले यहाँ वायु प्रदूषण धेरै नै भएको बताए । “फोक्सो १५ दिनमा नै कालो भएको छ । यसबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने असरलाई बुझ्न सहज भएको छ”, उनले भने, “यसले फोक्सोलाई कति खराब गरेको छ भन्ने हामीले परीक्षण गर्नेछौँ ।”

उनले १५ दिनमा नै फोक्सो कालो भएपछि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोका साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेट आदिको प्रयोग रहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कणसमेत समावेश हुन्छन् ।

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।

प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकाले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

“वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्नुपर्ने हुन्छ । तत्काल यसका लागि मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहने, विद्युतीय चुलो र सवारीसाधनको प्रयोग गर्ने, फोहर नजलाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ”, उनले जारी गरे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दीर्घकालीनरूपमा व्यवस्थित सहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख बिरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ । विज्ञप्तिमा स्वास्थ्यमा वायु प्रदूषणको प्रभावबारे सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्य गर्न सबै सरोकारवालाको निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : १४ बजे

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका

कांग्रेसको १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका अनुमोदन

काठमाडौं – नेपाली कांग्रेसको १८ पुसमा बसेको कार्यसम्पादन समितिले आगामी