कीर्तिमानी आरोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक « Khabarhub

कीर्तिमानी आरोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै ‘हिमालयन म्याभरीक’ नामक किताब विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्बजनिक गरेका हुन् ।

शेर्पाले १० दिनमा ३ पटक विश्वको सवोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । त्यसैगरी ५९ दिनभित्र विश्वकै पहिलो र दोश्रो सर्वोच्च शिखर सगरमाथा र के-टु को सफल आरोहण गरेर दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम सुनौलो अक्षरले लेखाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाले भने, ‘हिमालमा अनगिन्ती कथाहरू छ्न् ती कथाहरुलाई यसरी किताबको रूपमा लेखिनु निकै सुखद कुरा हो । हिमाल आरोही शेर्पाहरु हिमाल आरोहणका अलावा पुस्तक अध्ययन र किताब लेखन जस्ता बौद्धिक क्षेत्रमा निरन्तर अघि बढेको देख्न पाउनु मेरो अहोभाग्य हो ।’ हरेक आरोहीहरुले यसरी नै आफनो अनुभव लेखिराखे नयाँ आरोहीहरुलाई सजिलो हुने उनले बताए ।

त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले पनि सगरमाथा आधार शिविरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पाद्वारा आफ्नो किताब सार्वजनिक गर्न पाउँदा निकै गर्व र खुःसी महशुस भएको बताए । सोलुखुम्बु जिल्लाको दक्षिण पुर्बी भागमा पर्ने सानो शेर्पा गाउँ मामेर्कुको सामान्य किसानी परिवेसबाट, ट्रेकिङ क्षेत्रमा भरिया हुँदै हजारौं उतारचढावका बीच यो किताबसम्म आइपुग्दा जीवन रङ्गिबिरङ्गी फुलहरुले रङ्गिएको बगैंचा झै लागेको बताए ।

बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङका अनुसार हिमाल आरोहणको क्षेत्रमा पर्दा पछाडी थुप्रै नेपाली हिरोहरु तर उनीहरुलाई नेपाली आफैंले विश्वसामु देखाउन नसकेकोमा दुखेसाे गरे ।

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ०९ बजे

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर