‘तेल, मैदा र चिनीबाट बच्न सके धेरै रोग लाग्दैन’ « Khabarhub

‘तेल, मैदा र चिनीबाट बच्न सके धेरै रोग लाग्दैन’

स्वस्थ रहन के कस्ता खाना खाने ?


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

खाना हाम्रो जीवनको आधार हो। हामी खाना बिना बाँच्न सक्दैनौँ। हामीले खाने खानाको कारणले पनि हामी बिरामी हुने वा स्वस्थ हुने भन्ने कुराको निर्धारण गर्छ। खानेकुरामा ध्यान दिइएन भने त्यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सकले बताएका छन्। हामीले जहिले पनि सन्तुलित भोजन नै सेवन गर्नुपर्छ जसले शरीरलाई स्वस्थ तथा स्फुर्त राख्न मद्दत गर्छ। सन्तुलित भोजनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै धेरै प्रकारका रोगबाट सुरक्षा प्रदान गर्छ। त्यसैले हामीले के कस्ता खाना खाने ? बाहिर खाना खानै परे के कस्ता खाना खाने त ? बाहिरका खाना खाँदा के कस्तो असर हुन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :

हामीले स्वस्थ रहन के कस्ता खाना खाने ?
हामीले दैनिक रूपमा खाना खानु आवश्यक छ। तर त्यसलाई सही तरिकाले मिलाएर खाइएन भने त्यसले स्वास्थ्यमा असर पार्छ। त्यसैले हामीले हरेक खाने कुरा स्वस्थ तरिकाले र सफा तरिकाले मिलाएर खानुपर्छ। खाने सन्दर्भमा मौसम अनुसारका फलफूल ठाउँ अनुसारका बाली, तरकारी खानुपर्छ। सकेसम्म लोकल खाना खाने, घरमा नै बनाएको खाना खाने, रोटी दाल भात तरकारी, भुटेको मकै जस्ता खाने कुरा खाने गर्नुपर्छ। साथै हामीलाई प्रकृतिले धेरै उपहार स्वरूप खाना दिएको छ त्यसको प्राकृतिक गुण नष्ट नगरी खाँदा स्वास्थ्यमा अधिक लाभ मिल्छ।

सही तरिकाले खाना कसरी मिलाएर खाने ?
हामीलाई दैनिक रूपमा काम गर्न मेहनत गर्न र स्वस्थ रहन शारीरिक ऊर्जा आवस्यक पर्छ। त्यसैले बिहान हाम्रो पाचन शक्ति पनि बलियो हुने हुनाले बिहानको खाना अलि पोसिलो अथवा ऊर्जा दिने खालको खानुपर्छ। दिउँसोको लागि बिहानको भन्दा अलिकति हल्का खाना खानुपर्छ र बेलुका खाना खाएर सुत्ने भएकोले बेलुकाको खाना छिटो पच्ने र हलुङ्गो खालको खानुपर्छ। जहिले पनि बेलुकाको खाना सुत्नु भन्दा तीन घण्टा भन्दा पहिला नै खाने गर्नुपर्छ। बेलुकाको खाना मिलाउन नसक्दा धेरै रोग लाग्छ। तेल, मैदा र चिनीबाट बच्न सकियो भने धेरै रोगबाट बच्न सकिन्छ।

घर भन्दा बाहिर कस्ता खाना खान सकिन्छ ?
सकेसम्म कसैले पनि घर बाहिर खाना खानु हुँदैन। अहिले बजारमा धेरै थरीका खानेकुरा आएका छन्। जुन स्वास्थका लागि निकै रोग निम्त्याउने खालाका छन्। त्यसैले कुनै कारण बस बाध्यता परेर घरबाहिर खानुपरेमा ड्राई फुड्स जसमा काजु, किसमिस, छोकडा, बोक्रा फालेर खाने कुरा र चनाहरू खान सकिन्छ। फलफूलहरू राम्री धोएर खान सकिन्छ। केरा जस्ता बोक्रा फालेर खाने खालका फलफूलहरू खान सकिन्छ। हामीले स्वस्थ रहन फलफूलका जुसहरू भन्दा पनि ताजा फलफूल नै सेवन गर्दा राम्रो हुन्छ। ताजा खाजा खोजेर खानुपर्छ। पछिल्लो समय हाम्रोमा मःम र चाउचाउ खाने बानी भइसकेको छ। यस्तो बानी छोड्नुपर्छ।

फाइबर पाइने खाने कुराहरू के के हुन् ?
हरियो तरकारिबाट धेरै फाइबर पाइन्छ। त्यसमा पनि बोक्रासहित खान मिल्ने तरकारीमा धेरै फाइबर पाइन्छ। हरियो साग, फर्सी, घिरौँला,हरिया फलफूलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। अन्नमा रिफाइन नगरेको जस्तो चामल पोलिस गरेको भन्दा, ब्रान्ड राइसको प्रयोग गर्नुपर्छ। गहुँको मैदालाई भन्दा आटालाई प्राथमिकता दिने गर्नुपर्छ। यसरी तरकारी र खाने कुरा मिलाएर खाँदा फाइबर, भिटामिन र मिनिरल पाइन्छ। फूलगोभीमा धेरै फाइबर र कार्बोहाइड्रेट कम पाइन्छ। यसको सेवन गर्दा फाइदा हुन्छ। एभोकाडो फाइबर, पोटासियम, भिटामिन ’के’ र भिटामिन ’सी’ ले धनी फल हो। यसको सेवन गर्न सकिन्छ। दैनिक रूपमा बदाम खाँदा त्यसले शरीरमा कम कार्बोहाइड्रेट र अधिक प्रोटिनको सन्तुलन मिलाउन मद्दत गर्छ र शरीर स्वस्थ हुन्छ।

हामीले स्वस्थ रहन के गर्ने त ?
स्वस्थ हुने उपाय हामी सबैको आ-आफ्नो हातमा नै छ। आफ्नो शरीर कत्तिको स्वस्थ हुने भन्ने बारेमा हामी आफै जिम्मेवार हुन्छौँ। दैनिक रूपमा प्रशस्त मात्रामा पानी पिउने र स्वस्थ रहन स्वस्थ खानपान, शारीरिक व्यायाम, समयमा सुत्ने र आराम गर्ने, मानसिक चिन्ता नबोक्ने, शरीरलाई समय समयमा सफा गर्ने गर्नुपर्छ। सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको खानामा नै हो। त्यसको बारेमा ध्यान दियौँ भने हामी स्वस्थ रहन्छौँ। खानामा नै ध्यान दिने हो भने कुनै रोग लाग्दैन। यदि कुनै रोग लागिहाल्यो भने पनि उपचार चाँडो र सहज रूपमा हुन्छ। त्यसैले विषेशत आहार, बिहार, विश्राम, विकास, विचारमा विशेष ध्यान दिनुपर्छ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : ११ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति