एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा डा. कोजू « Khabarhub

एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा डा. कोजू


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन्।

पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए। त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन्।

अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए। कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक धु्रबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताए।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : ०८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी