अप्पर स्याङ्गे हाइड्रोको आईपीओ एक सातादेखि बिक्री खुला « Khabarhub

अप्पर स्याङ्गे हाइड्रोको आईपीओ एक सातादेखि बिक्री खुला


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरिरहेको छ। यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो।

जसअनुसार १ सयअंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्। यस आईपीओमा लमजुङको मर्स्याङ्दी-९ साविक घनपोखरा-१ र २, खुदी- ३, ताघ्रिङ – ४, घेरमु -५ का स्थानीयल आवेदन दिन पाउनेछन्।

यसैगरी, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १०% ले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यसमा जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ।

रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन फारम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन्।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ११ : ०४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।