स्वास्थ्य चौकीमा आगलागी हुँदा पूर्णरुपमा क्षति « Khabarhub

स्वास्थ्य चौकीमा आगलागी हुँदा पूर्णरुपमा क्षति


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुँदा प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

आइतबार बिहान ४ बजेतिर विद्युत् सर्ट भएर सल्केको आगलागीबाट स्टोरमा रहेका औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट भएको छ । केही सामान निकाल्न सकिए पनि धेरै सामग्रीमा क्षति पुगेको बताइएको छ ।

आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

 

 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ११ : २६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।