गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने « Khabarhub

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँ स्वरुप दिइने भएको छ ।

गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँ स्वरुप दिन छ करोड बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शंकर तिवारीले राससलाई जानकारी दिए । बागमती प्रदेश सरकारले उद्यान निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ । उद्यानलाई नयाँ स्वरुप दिन बागमती प्रदेश सरकारका पूर्वसंस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गरेको जनाइएको छ ।

उद्यान निर्माणस्थलको पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ, नगर प्रमुख रमेश नापित, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधिले अवलोकन गरी सहयोग गर्ने वचन दिएको उक्त समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १२ : २१ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।