तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजीको माग « Khabarhub

तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजीको माग


७ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवैधानिक तरिकाबाट अत्याधिक रुपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योगहरू बन्द भएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा सहुलियत दिनका लागि १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको हो ।

संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती विदेश निकासी खुल्ला गर्न पनि माग गरेको छ ।

त्यस्तै दाल निकासी गर्दा लाग्ने प्रतिकेजी रु १ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल  आयात गर्दा १.५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताएका छन् । 

उनले सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरि स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी लगायतका पूर्वाधारहरूको सृजना गर्न आगामी बजेटमार्फत मार्गप्रशस्त गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ३ : ५४ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास