तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजीको माग « Khabarhub

तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजीको माग


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवैधानिक तरिकाबाट अत्याधिक रुपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योगहरू बन्द भएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा सहुलियत दिनका लागि १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको हो ।

संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती विदेश निकासी खुल्ला गर्न पनि माग गरेको छ ।

त्यस्तै दाल निकासी गर्दा लाग्ने प्रतिकेजी रु १ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल  आयात गर्दा १.५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताएका छन् । 

उनले सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरि स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी लगायतका पूर्वाधारहरूको सृजना गर्न आगामी बजेटमार्फत मार्गप्रशस्त गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ३ : ५४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी