सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ र मनाङ मर्स्याङ्दीको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ र मनाङ मर्स्याङ्दीको बराबरी


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २-२ गोलको बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २-२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ । एपीएफले २० खेलमा २३ अंक जोडेको छ । त्यस्तै आइतबार नै च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिमलाई २-० गोल अन्तरले पराजित गर्यो । मच्छिन्द्रका लागि ओलावाले आफिजले खेलको १३ मिनेट र सौरभ लिम्बुले इन्जुरी समयमा गोल गरेका थिए ।

 जितसंगै २० खेलमा मच्छिन्द्रले ३४ अंक जोडेको छ भने समान खेल खेलेको न्युरोड टिमको २३ अंक रहेको छ । 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : २२ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल