सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित भनिएकी किशोरीको दुई वटा जन्ममिति देखिएपछि जन्मदर्ताको सक्कल मगाउन आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली इजलासले प्रमाण बुझ्नका लागि जन्मदर्ताको सक्कल माग गरेको हो । अस्पतालबाट प्राप्त कागजात र स्थानीय निकायबाट प्राप्त कागजातमा जन्ममिति फरक देखिएकाले प्रमाण बुझ्न सक्कल जन्मदर्ता माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । 

उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो । उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : १९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी