बझाङमा हिमपहिरो : एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता « Khabarhub

बझाङमा हिमपहिरो : एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा यार्सागुम्बा संकलनमा गएका एक जनाको हिमपहिरोमा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा संकलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते भएका छन् भने दुई बेपत्ता भएका छन्  । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

 उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : २७ बजे

एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल

बागलुङ– बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा– रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा