अवरुद्ध बेनी–जोमसोम सडक सुचारु « Khabarhub

अवरुद्ध बेनी–जोमसोम सडक सुचारु


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बेनी – पहिरो र बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको छ । शनिबार दिउँसोदेखि आएको भारी वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा रहेको कल्भर्ट पुल भासिएको थियो भने नौनीबगर र गुइँठेमा पहिराले सडक पुरिएपछि आज दिनभर सडक अवरुद्ध बनेको थियो ।

भासिएको कल्भर्ट पुललाई अस्थायी मर्मत गरिएको र ठाउँठाउँमा खसेको पहिरो डोजर परिचालन गरेर मर्मत गरेपछि साँझदेखि सडक पुनः सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए । उनका अनुसार गुइँठेमा पहिराले एउटा गाडी आंशिकरूपमा पुरिएको थियो ।

बाढी र पहिराले क्षतिग्रस्त सडकका कारण दिनभर सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्ने सवारी साधनहरू दिनभर रोकिएका थिए । अवरुद्ध सडक मर्मतसँगै सवारी साधनहरू गन्तव्यतर्फ लागेको आयोजनाका सुपरभाइजर शेरचनले बताए ।

अवरुद्ध सडकलाई सञ्चालन गर्न बिहानदेखि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडाअध्यक्ष ओमबहादुर फगामीसमेत समन्वयका लागि खटेका थिए । दैनिकजसो वर्षा हुन थालेपछि बेनी–जोमसोम सडकखण्डमा बाढी र पहिराले सडक अवरुद्ध हुने जोखिम बढेकाले सडकको अवस्थाबारे सूचना लिएर मात्रै आवतजावत गर्न गाउँपालिका अध्यक्ष पुनले आग्रह गरेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : १७ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी