म्यान्मारमा मोचा आँधीबाट प्रभावितलाई सहयोग गर्न भारतद्वारा ‘अपरेशन करुणा’ सञ्चालन « Khabarhub

म्यान्मारमा मोचा आँधीबाट प्रभावितलाई सहयोग गर्न भारतद्वारा ‘अपरेशन करुणा’ सञ्चालन


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले म्यान्मारमा आएको मोचा आँधीबाट प्रभावित मानिसहरुलाई सहयोग गर्न ‘अपरेशन करुणा’ नामक सहायता अभियान सञ्चालन गरेको छ ।

मोचा आँधीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्नका लागि भारतले अपरेशन करुणा नामक सहायता अभियान सञ्चालन गरेको हो । यस अभियान अनुसार भारतीय नौसेनाका युद्धपोतहरुले म्यान्मारमा सहायता सामग्री प्रदान गरेका थिए ।

शिवालिक, कमोर्टा र सावित्री गरी भारतीय नौसेनाका तीनवटा जहाजले म्यान्मारको यङ्गुन सहरमा खाद्यान्न, टेन्ट, अत्यावश्यक औषधि, पानी पम्प, पोर्टेबल जेनेरेटर, लत्ताकपडा र सरसफाइका सामग्रीजस्ता सहायता उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोचा आँधीले बंगलादेश र म्यानमारमा व्यापक विनाश निम्त्याएको छ । यसबाट ठूलो मात्रामा जनधनको क्षति पुगेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : २४ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले