म्यान्मारमा मोचा आँधीबाट प्रभावितलाई सहयोग गर्न भारतद्वारा ‘अपरेशन करुणा’ सञ्चालन « Khabarhub

म्यान्मारमा मोचा आँधीबाट प्रभावितलाई सहयोग गर्न भारतद्वारा ‘अपरेशन करुणा’ सञ्चालन


७ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले म्यान्मारमा आएको मोचा आँधीबाट प्रभावित मानिसहरुलाई सहयोग गर्न ‘अपरेशन करुणा’ नामक सहायता अभियान सञ्चालन गरेको छ ।

मोचा आँधीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्नका लागि भारतले अपरेशन करुणा नामक सहायता अभियान सञ्चालन गरेको हो । यस अभियान अनुसार भारतीय नौसेनाका युद्धपोतहरुले म्यान्मारमा सहायता सामग्री प्रदान गरेका थिए ।

शिवालिक, कमोर्टा र सावित्री गरी भारतीय नौसेनाका तीनवटा जहाजले म्यान्मारको यङ्गुन सहरमा खाद्यान्न, टेन्ट, अत्यावश्यक औषधि, पानी पम्प, पोर्टेबल जेनेरेटर, लत्ताकपडा र सरसफाइका सामग्रीजस्ता सहायता उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोचा आँधीले बंगलादेश र म्यानमारमा व्यापक विनाश निम्त्याएको छ । यसबाट ठूलो मात्रामा जनधनको क्षति पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ९ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको