मन्त्री सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली  « Khabarhub

मन्त्री सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली 


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी– गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

धनगढी रङ्गशालामा राखिएको स्वर्गीय सिंहको पार्थिव शरीरमा मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

प्रदेश सरकारका अन्य मन्त्रीहरू, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सर्वसाधारण, शुभेच्छुक तथा पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि  सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्तिम श्रद्धाञ्जली पछि पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकप्टर मार्फत बझाङ लगिएको छ ।

मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा हिजो सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । 

दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता र भाउजू जयादेवीको पनि मृत्यु भएको थियो । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना