दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

केप टाउन– दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर)  क्षति पुग्न सक्ने आँकलन गरिएको छ।

स्थानीय  सञ्चार माध्यमका  अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र  १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ।  यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण सङ्कलन  भइरहेको जनाएका छन् ।

 ‘दुर्भाग्यवश बाढीमा दुई जनाले ज्यान गुमाएका छन्। हामी हराएकाहरूका प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। प्रत्येक जीवन गुमाउनु दुःखद हो,’ उनले प्रान्तीय सरकारको वेबसाइटलाई उद्धृत गर्दै भनेका छन् ।

जुन १४ र जुन १९ बीचको भारी वर्षाको कारण दक्षिण अफ्रिकाको दक्षिणी प्रान्त पश्चिमी केपका केही क्षेत्रहरूमा ठूलो बाढी निम्त्याएको छ। गत हप्तादेखि आएको बाढीमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा नदी पार गरेर यात्रा गर्ने र जोखिमयुक्त सडकमा नजान सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : २९ बजे

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले