विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज असार ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु

रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा रहेको बारूद कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ ।

‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो । म कुनै शङ्का नगरी भन्न सक्छ– यो आतङ्कवादी हमला थिएन । यद्यपि त्यहाँ कुनै हताहती भने भएन’ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।

उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको छ ।

श्रीलंकाका विदेशमन्त्री चीन भ्रमणमा जाने

श्रीलंकाका विदेशमन्त्री अली साब्रीले जुन २४la देखि ३० सम्म चीनको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलंकाका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्न लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन् ।

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु

दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ। यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएका छन् ।

‘दुर्भाग्यवश बाढीमा दुई जनाले ज्यान गुमाएका छन्। हामी हराएकाहरूका प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। प्रत्येक जीवन गुमाउनु दुःखद हो,’ उनले प्रान्तीय सरकारको वेबसाइटलाई उद्धृत गर्दै भनेका छन् ।

जुन १४ र जुन १९ बीचको भारी वर्षाको कारण दक्षिण अफ्रिकाको दक्षिणी प्रान्त पश्चिमी केपका केही क्षेत्रहरूमा ठूलो बाढी निम्त्याएको छ। गत हप्तादेखि आएको बाढीमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा नदी पार गरेर यात्रा गर्ने र जोखिमयुक्त सडकमा नजान सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

गोलीबारीमा चार इजरायलीको मृत्यु

एली समुदाय नजिकैको ग्यास स्टेशनमा मंगलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्।

चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन् । इजरायल डिफेन्स फोर्सले जनाए अनुसार चार जना घाइते मध्ये एक आम नागरिक हुन् ।

सेनाले एलीको १,००० बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका र झ्यालहरू बन्द गर्न भनेको छ । यसैबीच रक्षा मन्त्री योभ ग्यालान्टले स्थितिबारे छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूसँग बैठक गर्ने बताएका छन्।

आइतबार जेनिनमा भएको भीषण झडपपछि जुडिया र सामरियामा तनाव बढेको छ। सशस्त्र समूहहरूले सडक मुनि गाडिएको ४० किलो बम निस्तेज पारेको छ ।
यता हमासका प्रवक्ताले आक्रमणको प्रशंसा गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

राष्ट्रपति बाइडेनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरेपछि यो खुलासा भएको हो ।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् ।

आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपतिका छोरा हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्वीकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन् ।

उनको निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यदी, त्यो अनुमोदन नभएमा हन्टरमाथी कानुनी कारबाही हुनेछ ।

यता, अमेरिकी राष्ट्रपति बाइडेनले छोरा हन्टरलाई उनी माथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाइट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।

एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् ।

एलन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए।

प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँग आफ्नो कुराकानी निकै राम्रो भएको बताए ।

उनले अर्को वर्ष भारत जाने सोचमा रहेको उल्लेख गर्दै आफू मोदीको फ्यान भएको बताए ।

प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन्।

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाका भ्रमणको क्रममा न्यूयोर्क पुगेका छन् । उनको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि रातो कार्पेट बिछ्याउनेछ ।

होन्डुरसको महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दङ्गामा कम्तीमा ४१ जना महिलाको मृत्यु भएको छ ।

अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरूबीच भएको हिंसाका कारण कम्तिमा ४१ महिला कैदी बन्दीको मृत्यु भएको हो । जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराका अनुसार भिडन्तको क्रममा अधिकांश बन्दीहरूलाई जलाइएको थियो ।

तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू रहेका छन्।

देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन्।

जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका सङ्गठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताइन् ।

उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताइन् ।

होन्डुरसको महिला कारागारमा हिंसा हुँदा ४१ कैदीको मृत्यु

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ ।

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकन पछि मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलनमा भने, “मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई सङ्गठित अपराधले ‘अपहरण’ गरेको छ ।”

होन्डुरसमायस्तै घटना सन् २०१९ मा पनि भएकोे थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार मङ्गलबार मृत्यु हुनेको सङ्ख्याले मध्य अमेरिकी देशको जेलमा भएको यो सबैभन्दा घातक दङ्गा हो । हालैका वर्षहरूमा महिला कारागारमा हत्याका घटनाहरू बढेका छन् ।

होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ वा छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, “कानून कार्यान्वयन गर्ने अधिकारीहरूको पूर्ण दृष्टिमा गिरोहहरूले दङ्गाको योजना बनाएका थिए ।

‘ह्युमन राइट्स वाच’ ले सन् २०२१ मा होन्डुरसबारे तयार पारेको एउटा प्रतिवेदनमा भनिएको थियो, “जेलमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, सरसफाइको कमी, कुटपिट, अन्तर–गिरोह हिंसा र कैदीहरूको हत्याहरू व्याप्त छन् ।”

द न्युयोर्क टाइम्सका अनुसार होन्डुरसको सामाजिक अनुकूलनका लागि राष्ट्रिय महिला कारागारमा करिब ८०० कैदीबन्दी रहेका छन् । सन् २०२० मा ‘इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट्स’ ले होन्डुरसका जेलहरूमा महिलाहरूको सुविधासहित ‘धेरै हिंसात्मक घटनाहरू’ रेकर्ड गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ०१ बजे

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको

‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते

मुम्बई– अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन्

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला– दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ् 

चितवन– चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट