चोरीका घटनामा अधिकांश युवाको संलग्नता रहेको तथ्यांक « Khabarhub

चोरीका घटनामा अधिकांश युवाको संलग्नता रहेको तथ्यांक


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खुला सीमाना, लागूऔषध दुर्व्यसनीबेरोजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आर्थीक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताए । ‘उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कुलतमा संलग्न हुनु सबैका लागि चिन्ताको विषय हो’, उनले भने– ‘अधिकांश लागूऔषध सेवनकर्ता रहेका छन् ।’

युवाको मानसिकता किन आपराधिक बन्दैछ भन्नेबारे अनुसन्धान आवश्यक भएको प्रहरी उपरीक्षक खड्काले बताए। युवालाई कुलतमा फस्न नदिनका लागि प्रभावकारी कार्यक्रमको खाँचो रहेको उनले बताएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीले विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन गरिएको बताए। राति गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचलगायत कार्य आवश्यक भएको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७९-८० मा चोरीका घटनामा पक्राउ परे पनि उनीहरूका विरुद्ध पीडितले जाहेरी दिन नमान्दा अधिकांशलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नुपरिरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गत आवमा मात्रै चोरी भएका दुई सय ३६ मध्ये ८१ मोटरसाइकल बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयले चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा अधिकांश १७ देखि ३८ वर्ष उमेरका रहेका छन् ।     

   

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ३३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।