चोरीका घटनामा अधिकांश युवाको संलग्नता रहेको तथ्यांक « Khabarhub

चोरीका घटनामा अधिकांश युवाको संलग्नता रहेको तथ्यांक


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खुला सीमाना, लागूऔषध दुर्व्यसनीबेरोजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आर्थीक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताए । ‘उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कुलतमा संलग्न हुनु सबैका लागि चिन्ताको विषय हो’, उनले भने– ‘अधिकांश लागूऔषध सेवनकर्ता रहेका छन् ।’

युवाको मानसिकता किन आपराधिक बन्दैछ भन्नेबारे अनुसन्धान आवश्यक भएको प्रहरी उपरीक्षक खड्काले बताए। युवालाई कुलतमा फस्न नदिनका लागि प्रभावकारी कार्यक्रमको खाँचो रहेको उनले बताएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीले विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन गरिएको बताए। राति गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचलगायत कार्य आवश्यक भएको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७९-८० मा चोरीका घटनामा पक्राउ परे पनि उनीहरूका विरुद्ध पीडितले जाहेरी दिन नमान्दा अधिकांशलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नुपरिरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गत आवमा मात्रै चोरी भएका दुई सय ३६ मध्ये ८१ मोटरसाइकल बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयले चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा अधिकांश १७ देखि ३८ वर्ष उमेरका रहेका छन् ।     

   

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ३३ बजे

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचकका

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग

काठमाडौं- पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई