संघीय व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

संघीय व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ : सभामुख घिमिरे


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले मुलुकको संघीय व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् ।

संघीय संसद सचिवालयले शुक्रबार काठमाडौंको चन्द्रागिरिमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तक्रिया उद्घाटन गर्दै सभामुख घिमिरेले आवश्यक कानून बनाउदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका हुन् ।

अहिले तीन तहको सरकार सहितको संघीय व्यवस्थालाई कार्यान्वयन गर्न विश्वका साथै नेपाली जनताले ठूलो आकांक्षाका साथ हेरिरहेको उनले बताए । सभामुख घिमिरेले संसदीय प्रणालीलाई थप मजबुत बनाउनका लागि केन्द्र तथा प्रदेशसभाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा राजनीतिक उपलब्धी भएपनि जनताले सुशासनको महशुसको अनुभूती गर्न पायो पाएन भन्ने कुरा महत्वपपूर्ण रहेको बताए ।

उनले संविधान बनेपछि पनि संघीयता चाहिदैन भन्ने आवाज उठिरहेको अवस्था संघीयता पक्षधरले यसको महत्व उजागर गर्नुपर्ने र व्यहारबाटै यसको महत्व पुष्टि गर्नुपर्ने उल्लेख गरे । संसद प्रभावकारी गर्नका लागि सभा सञ्चालन गर्नेले निष्पक्षतामा ध्यान दिनुपर्ने र सांसदहरुले पनि सिर्जनात्मक भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।

उनले सम्बन्धित निकायमा बसेकाहरुले जिम्मेवारपूर्वक काम गर्न सके जनताको विश्वास जित्न सकिने र समर्थन पाउन सकिने कुरा भूल्न नहुने जिकिर गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ३० बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर