गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको राँके जुलुस प्रदर्शन « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको राँके जुलुस प्रदर्शन


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै राँके जुलुस प्रदर्शन गरेको छ ।

सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।

सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले सर्वसाधारणलाई कचकच तस्करलाई रजगज, सुन तस्करलाई पक्राउ गर, सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर, ‘सुन तस्करलाई फाँसी देलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ०१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ।