‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल पुगिन् श्रीलंका | Khabarhub Khabarhub

‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल पुगिन् श्रीलंका


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो लागेकी छिन् । कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन् ।

ुनेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छुु, खनालले भनिन्,ुअन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ ।ु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । मन्त्री किरातीले मन्त्रालयमा भएको भेटका क्रममा उक्त प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

त्यस्तै खनाललाई बुधबारनै खानेपानी मन्त्री महिन्द्र राय यादव भेट्दै शुभकमना दिएका थिए । मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए ।

‘नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको विषय हो । तपाईँ जुन उदेश्यले सहभागी हुन लाग्नु भएको छ । सफलता अवश्य मिल्नेछ,’ मन्त्री यादवले भने ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : १५ बजे

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी

प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल