‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल पुगिन् श्रीलंका « Khabarhub

‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल पुगिन् श्रीलंका


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो लागेकी छिन् । कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन् ।

ुनेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छुु, खनालले भनिन्,ुअन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ ।ु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । मन्त्री किरातीले मन्त्रालयमा भएको भेटका क्रममा उक्त प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

त्यस्तै खनाललाई बुधबारनै खानेपानी मन्त्री महिन्द्र राय यादव भेट्दै शुभकमना दिएका थिए । मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका थिए ।

‘नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको विषय हो । तपाईँ जुन उदेश्यले सहभागी हुन लाग्नु भएको छ । सफलता अवश्य मिल्नेछ,’ मन्त्री यादवले भने ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : १५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले