भारतीय प्रधानमन्त्री मोदी र श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ ।

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेलाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हार्दिक स्वागत गरेका छन् ।

भेटवार्ताबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटगर्दै भनेका छन्, “यस वर्ष दुई देशले कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाइरहेका बेला लामो समयदेखिको सम्बन्धलाई पुनरावलोकन गर्ने र थप गति दिने अवसर प्राप्त भएको छ । राजधानीको हैदरावाद हाउसमा वार्ता भइरहेको छ ।”

यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्का एक महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा पारस्परिक लाभका सहयोगका लागि मार्गको खोजी गर्ने अपेक्षा गरिएको छ । विक्रमासिङ्घे बिहीबार नयाँ दिल्ली आइपुगेका हुन् । उनलाई केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : ३३ बजे

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई