भारतीय प्रधानमन्त्री मोदी र श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ ।

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेलाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा हार्दिक स्वागत गरेका छन् ।

भेटवार्ताबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटगर्दै भनेका छन्, “यस वर्ष दुई देशले कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाइरहेका बेला लामो समयदेखिको सम्बन्धलाई पुनरावलोकन गर्ने र थप गति दिने अवसर प्राप्त भएको छ । राजधानीको हैदरावाद हाउसमा वार्ता भइरहेको छ ।”

यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्का एक महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा पारस्परिक लाभका सहयोगका लागि मार्गको खोजी गर्ने अपेक्षा गरिएको छ । विक्रमासिङ्घे बिहीबार नयाँ दिल्ली आइपुगेका हुन् । उनलाई केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : ३३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको