निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए : अर्थमन्त्री महत « Khabarhub

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए : अर्थमन्त्री महत


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका हुन् ।

“पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ”, उनले भने, “निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ ।”

निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उहाँले उल्लेख गरे ।

पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उनको भनाइ छ । त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा महतले उल्लेख गरे । बढी भ्याट छुट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उनको भनाइ छ ।

लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरूपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराए । मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ०५ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन