डुबेर दुई बालिकाको मृत्यु « Khabarhub

डुबेर दुई बालिकाको मृत्यु


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी आठ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ११ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न