विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज भदौ ४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने

जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास गर्नेबारे मङ्गलबार निर्णय गर्ने जापान सरकारका एक मन्त्रीले बताएका छन् । अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री यासुतोशी निशिमुराले सोमबार एक पत्रकार सम्मेलनमा भने, ‘सुरक्षा सुनिश्चित गर्न र यसबाट जापानको ख्यातिमा भएको क्षतिलाई सम्बोधन गर्न प्रयासहरूको स्थिति पुष्टि गरी पानी निकास गर्नेबारे निर्णय गर्न सम्बन्धित मन्त्रीहरूको बैठक हुनेछ ।’

उनले भने, ‘सम्बन्धित मन्त्रीहरूले छलफल गर्नेछन् र आगामी कदमहरू के गर्ने भन्ने बारेमा जानकारी साझा गर्नेछन्, र यी छलफलहरूको आधारमा हामी निकासको समयको बारेमा निर्णय लिनेछौँ ।’ जापानका प्रधानमन्त्री फुमियो किशिदाले सन् २०११ मा तीनवटा रिएक्टर ध्वस्त भएको आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा कुनै मिति नतोकिएको आइतबार बताएका थिए ।

सन् २०११ मा आएको भूकम्प र सुनामीका कारण फुकुशिमाको प्लान्ट ध्वस्त भएपछि करिब १३ लाख ४० हजार टन पानी जम्मा भएको छ, जुन ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुल बराबर हो । प्लान्ट अपरेटर टेप्कोका अनुसार अहिले करिब एक हजार स्टिल ट्याङ्की बराबर पानीले भरिएका छन्, ठाउँ समाप्त भएको छ र यो बिस्तारै पानीमुनिको पाइपमार्फत प्रशान्त महासागरमा निकास गर्नुको अर्को विकल्प देखिएको छैन । टेप्कोले खतरनाक रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको र यसले छोड्न लागेको पानी सुरक्षित रहेको बताएको छ ।

जापानको समुद्री खाना सी फुडको सबैभन्दा ठूलो बजार चीनले जापानको उक्त योजनाप्रति विरोध जनाएको छ र १० वटा जापानी प्रान्तबाट खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाउने बताएको छ । जापानी र चिनियाँ सञ्चार माध्यमले चिनियाँ भन्सार तथ्याङ्कलाई उद्धृत गर्दै भनेका छन्, “यी समय लाग्ने जाँचका कारण गत महिना चीनमा जापानी समुद्री खानाको आयातमा ३० प्रतिशतले कमी आएको छ ।’’ जापानको मत्स्यपालन उद्योगमा धेरैले यस कदमको विरोध गरेका छन् । उक्त पानीको निकासले विदेशमा जापानी समुद्री जनावरको निर्यातमा ठूलो क्षति पुर्‍याउनेछ ।

किशिदाले स्थानीय माझीहरुलाई क्षतिपूर्ति गर्न ३० अर्ब येन ९२०० मिलियन अमेरिकी डलर० कोषको प्रतिज्ञा गरेका छन् । सोमबार राष्ट्रिय मत्स्य सहकारी संस्थाका प्रमुख मासानोबु साकामोतोलाई भेटेपछि उनले भने, “सरकारले सुरक्षा सुनिश्चित गर्न, सी फुडको प्रतिष्ठामा असर पर्न नदिन र जनताको जीविकोपार्जनलाई जीवित राख्न सक्दो तयारी गरेको छ र हामी यसका लागि स्पष्टीकरण दिइरहेका छौँ ।’’ जापानले निकास गरिएको पानीमा बस्ने माछाबारे लाइभस्ट्रिम गर्नेदेखि अनलाइन गलत सूचनाको सामना गर्ने प्रयाससम्म देश र विदेशमा जनमत जित्ने प्रयासमा महिनौं बिताएको छ । यस सम्बन्धमा दक्षिण कोरियामा पनि जनचासो उच्च रहेको छ ।

जापानसँगको सम्बन्धलाई चिर्न खोजेको उसको सरकारले योजनाको पुनरावलोकन गर्दा यो अन्तर्राष्ट्रिय मापदण्डअनुरुप रहेको बताएको छ । टेप्कोका अनुसार प्रशोधन गरिएको पानी दैनिक अधिकतम पाँच लाख लिटरसम्म छोड्नु सफाइको एउटा चरण मात्र हो । योभन्दा खतरनाक काम भनेको तीनवटा रिएक्टरबाट रेडियोधर्मी फोहोर र अत्यधिक खतरनाक आणविक इन्धनको निकासलाई समुद्रमा जानबाट रोक्नु हो ।

इटाली पठाइदिने भनी लिबिया पुर्‍याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता
ट्युनिसियास्थित भारतीय दूतावासले लिबियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ ।

ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स ९ट्वीटर० मार्फत दिइएको जानकारीमा भनिएको छ, ‘लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरिकलाई आइतबार सकुशल स्वदेश फर्काएको छ ।

२० अगस्ट २०२३ मा गल्फ एयरको उडानबाट उनीहरू २०ः३० बजे सकुशल भारत पुगेका थिए । आम आदमी पार्टी ९आप० का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए।

ट्राभल एजेन्टले इटाली पठाइदिने भन्दै ठगी गरेका कारण उनीहरु विगत छ महिनादेखि लिबियामा थिए ।

सामाजिक सञ्जाल एक्समा विक्रमजीत सिंह साहनीले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र हरियाणाका मुख्यमन्त्री मनोहर लाललाई इटाली जाने योजना बनाएका तर लिबिया पठाइएका यी युवाहरूलाई ठग्ने एजेन्टहरूविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।

विधेयक प्रमाणीकरण गर्न पाकिस्तानी राष्ट्रपतिबाट अस्वीकार
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसदबाट पारित दुई महत्वपूर्ण विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

ती विधेयकहरूले अधिकारीहरूलाई राज्य र सेना विरुद्ध कार्यहरूका लागि व्यक्तिहरूलाई अभियोग लगाउन थप शक्ति दिँदै थियो । कानुन मन्त्रालयले राष्ट्रपतिको यो कदम असंवैधानिक भएको जनाएको छ ।

रोयटर्स समाचारका अनुसार यी विधेयकहरू पाकिस्तानको संसदको दुवै सदनबाट पारित भइसकेको छ। डा। अल्वी पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)पार्टीका सदस्य हुन् ।

डा। अल्वीले सोशल मिडिया प्लेटफर्म एक्समा भने, ‘भगवान मेरो साक्षी हुनुहुन्छ, मैले आधिकारिक गोप्य संशोधन विधेयक २०२३ र पाकिस्तान सेना संशोधन विधेयक २०२३ मा हस्ताक्षर गरिन किनभने म यी कानूनहरूसँग असहमत छु।’

अल्वीले ती हस्ताक्षर नगरिएका विधेयकलाई प्रभावहीन बनाउनका लागि तोकिएको समयभित्र व्यवस्थापिकामा फिर्ता गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेको बताए ।

कानुन तथा न्याय मन्त्रालयले भने राष्ट्रपतिको निर्णयलाई गम्भीर चासोको विषय भएको बताएको छ । राष्ट्रपतिसँग दुईवटा विकल्प छन्, या त स्वीकृति गर्ने या विशेष टिप्पणीको साथ संसदमा पठाउने,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

संविधानअनुसार दुवै सदनबाट पारित भएको १० दिनभित्र राष्ट्रपतिले विधेयकको मस्यौदामा हस्ताक्षर नगरे वा आफ्नो टिप्पणी वा आपत्तिसहित फिर्ता गरेमा कानुन निर्माण हुन सक्दैन ।

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी
जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

जेएमएले मानिसहरूलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी आउने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : ०१ बजे

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली– रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश