सुदूरपश्चिममा गौरापर्व सुरु | Khabarhub Khabarhub

सुदूरपश्चिममा गौरापर्व सुरु


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा सुदूरपश्चिमेलीहरूको मुख्य पर्व पनि भएकाले गाउँघरमा चहलपहल बढेको छ ।

पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवलाई पतिका रूपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । बर्तालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामूहिकरूपमा बिरुडा भिजाउने चलन रहिआएको छ ।

गौरापर्व सुदूरपश्चिमको मौलिक चाडसमेत हो । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडा पञ्चमीकै दिनदेखि बर्तालु महिलाहरूले गौराको पूजाआजा गर्ने गरेका बैतडीको दोगडाकेदार–३ श्रीकोट सुनखोलाका कमला जोशीले बताए।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रहिआएको छ ।

यो वर्ष ज्योतिषहरूबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा आजदेखि गौरापर्व सुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व सुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषीहरूले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथिप्रति असन्तुष्टि जनाएका छन् ।

तर भदौ २१ गते अगस्ती उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिषी डिल्लीराज जोशीले बताए । भदौ ७ गते गौरा मनाउने ठाउँमा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका हुन् ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहीआएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ११ बजे

नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि 

काठमाडौं–सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त

चितवनमा प्रधानमन्त्रीले भने : अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिरोध अन्त्य

गर्मी छल्न नरपानी डाँडा 

अर्घाखाँची– नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ