सुदूरपश्चिममा गौरापर्व सुरु « Khabarhub

सुदूरपश्चिममा गौरापर्व सुरु


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा सुदूरपश्चिमेलीहरूको मुख्य पर्व पनि भएकाले गाउँघरमा चहलपहल बढेको छ ।

पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवलाई पतिका रूपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । बर्तालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामूहिकरूपमा बिरुडा भिजाउने चलन रहिआएको छ ।

गौरापर्व सुदूरपश्चिमको मौलिक चाडसमेत हो । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडा पञ्चमीकै दिनदेखि बर्तालु महिलाहरूले गौराको पूजाआजा गर्ने गरेका बैतडीको दोगडाकेदार–३ श्रीकोट सुनखोलाका कमला जोशीले बताए।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रहिआएको छ ।

यो वर्ष ज्योतिषहरूबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा आजदेखि गौरापर्व सुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व सुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषीहरूले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथिप्रति असन्तुष्टि जनाएका छन् ।

तर भदौ २१ गते अगस्ती उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिषी डिल्लीराज जोशीले बताए । भदौ ७ गते गौरा मनाउने ठाउँमा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका हुन् ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहीआएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ११ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको