रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उनले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताए ।

“श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति बनाइएको हो”, उनले भने । प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडेलमा रहेर १४ वटा पकेट क्षेत्र बनाई २० हजार किसान समेट्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिलालाई पनि श्रममा जोडेर लैजाने सरकारको नीति रहेको बताए। त्यस्तै, युवा क्षमता विकासका कार्यक्रम र दक्ष जनशक्ति बनाई वैदेशिक रोजगारका लागि सक्षम बनाउन सरकार लागी पर्ने उनको भनाइ थियो ।

उनले आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सुरक्षा कोषमा सबै अनौपचारिक श्रमिक र औपचारिक श्रमिकलाई समेट्ने बताए । “श्रम ऐन लचिलो हुनुपर्छ, तर अहिले त्यस्तो छैन ऐनमा केही विवादित अवस्था पनि छ”, मुख्यमन्त्री जम्कट्टेलले भने । श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले श्रम बजार र श्रमिकलाई बलियो बनाउन नीतिले भूमिका खेल्ने बताए । सीप विकासको क्षमता बढाउनुका साथै विश्व बजारमा श्रमिकलाई प्रतिस्पर्धी बनाउन नीतिले महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । उनले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थप कार्यालय विस्तार गरिनुका साथै सूचना प्रविधिमैत्री बनाइने जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ५६ बजे

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी