भ्रष्टाचार र बेथितिविरुद्धको लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री | Khabarhub Khabarhub

भ्रष्टाचार र बेथितिविरुद्धको लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन् ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध एक्सन चालिएको बताए ।

वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा आशा जगाएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले भने, “परिवर्तनको तागत लिएर आएको माओवादीको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारबाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।”

क्रान्ति एवं आन्दोलनमा हरेक पटक परीक्षा दिनुपर्ने इतिहास बिर्सन नहुने बताउँदै प्रधानमन्त्री दाहालले भने, “पासपोर्ट, इजाजतलगायत थुप्रै समस्यामा सरकारले आफ्नो अभिभावकत्व प्रदान गरेको छ । विदेशमा भएका लाखौँ नेपालीको भविष्य सुरक्षित गर्न उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ । अहिले नै साढे तीन लाख विदेशमा रोजगारका लागि गएका श्रमिकहरु लाभान्वित भएका छन् ।”

उनका अनुसार ४० देखि ५० लाखलाई आबद्ध गराउन लागिएको यो कार्य नै सामाजिक न्याय हो । सयौँ भनाइ भन्दा राम्रो कम गर्नु नै शक्तिशाली हुने बताउँदै उनले अब विदेशमा रहेका ४० देखि ५० लाखलाई कोषमा आबद्ध गराएर सामाजिक न्याय दिइने उनले दाबी गरे।

कसैको दबाब, करकापमा काम नगरिने र जनताको पक्षमा काम गर्नेहरुले कहिले नहार्ने उनको भनाइ थियो । सरकारले थालेको एक्सन ललिता निवासको जग्गा जनताको हातमा पार्ने अभियान भएकाले गलत गर्नेहरुको कोही आफ्नो कोही पराई नहुने उनले बताए ।

प्रधानमन्त्री दाहालका अनुसार लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु भनेकै समाजवाद निर्माणको थालनी हो । समाजवादको धरातल निर्माण गर्ने अभियान भनेकै सुरक्षा कोषको सञ्चालन हो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : १९ बजे

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा