लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ? « Khabarhub

लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ?


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सहरी क्षेत्रका अधिकांश घर तथा कार्यालयहरूमा लक्की बेम्बो प्लान्ट राखिएको देख्न सकिन्छ । यो सुन्दर र आकर्षक भएकाले सजावटका रुपमा धेरै प्रयोग गरेको पाइन्छ ।

यसको बिरुवा घरमा रोप्नुले अत्यन्तै सुभ फल मिल्ने विश्वासका साथ मानिसहरू घर तथा कार्यालयहरूमा लक्की बेम्बो राख्ने चलन बढेको छ ।

वास्तुशास्त्र अनुसार घरमा लक्की बेम्बो राख्नु अति उत्तम मानिन्छ । वास्तुशास्त्रले कुन बिरुवा कुन दिशामा रोप्नु पर्छ भनेर छुट्याएको छ र कुन ठाउँमा राख्दा शुभ हुने र कुन ठाउँमा राख्दा अशुभ हुने भनेर पनि छुट्याएको छ ।

यो प्लान्ट घरको उत्तर दिशा, पश्चिम दिशा वा घरको बीच भागमा राख्दा घरमा धनको अभाव कहिल्यै हुँदैन । यसका साथै दुःख–पीडाहरू स्वतः हट्दै जान्छ भन्ने विश्वास छ । सही दिशामा राखिएको अवस्थामा यसले हाम्रो भाग्य परिवर्तन गर्न सक्छ भने गलत दिशामा राखे बिगार गर्न सक्ने बताइन्छ ।

लक्की बेम्बो प्लान्ट जहिले पनि पानीमा रोप्नु राम्रो मानिन्छ र त्यो पानी प्रत्येक दिन फेरी रहनु पर्छ ।

लक्की बेम्बो भित्रबाट खोक्रो हुन्छ र यसलाई पानीमा राखी रातो धागो वा रिबनले बाँधेर राखिन्छ । यो प्लान्ट जुन भाँडोमा राखिन्छ त्यो भाँडोमा केही ढुङ्गाहरू पनि मिसाएर राखिन्छ ।

लक्की बेम्बो प्लान्ट घरमा राख्दा सुख शान्ति र समृद्धि आउने विश्वास गरिन्छ । यो वृक्ष घरमा राख्दा सकारात्मक ऊर्जाको सञ्चार राम्रोसँग हुन्छ । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : २५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,