जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता | Khabarhub Khabarhub

जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

राँझा– चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । 

भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताएका छन् । 

‘अहिले भारततिर जाने र आउने सर्वसाधारणले जमुनाहमा भीडभाड बढेको छ’, विष्टले भने, ‘सीमानाकामा लुटपाट हुन नदिन र सहजरुपमा आवतजावतका लागि हरदम प्रयास गरिरहेका छौँ ।’

भारतीय सुरक्षाकर्मीले आवागमनमा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र नभएर अलपत्र परेका नेपालीलाई रुपैडिहा पुगेर भनसुन गरी नेपालतर्फ आउने वातावरणसमेत बनाउने गरेको उनको भनाइ छ । 

अहिले सीमावर्ती भारतीय बजार रुपैडिहा जान अनिवार्य परिचयपत्रको व्यवस्था गरिएकाले नेपाली उपभोक्ताले सास्ती बेहोर्दै आएका छन् । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् । 

बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट तथा सल्यानलगायतका उपभोक्तासमेत किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने गरेका छन् । सीमा क्षेत्रमा चाडपर्वका बेलामा लुटपाटका घटनासमेत हुने भएकाले सुरक्षा सतर्कता आवश्यक रहेको स्थानीय नागरिक अगुवा तेजविक्रम शाहले बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १ : १३ बजे

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य

कथा : एक्ले पिपल

साउने धान उठाउन धमाधम छ । हाम्रो पनि मुरी बारेक

टुक्रे योजनामा नअल्झिन मुख्यमन्त्री पाण्डेको निर्देशन

घोडेपानी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास

गाजा – गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार

मानव सभ्यता बचाइराख्न हिमाल बचाउन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न