सहेला फाँटका कागती टिप्न भ्याइनभ्याइ  « Khabarhub

सहेला फाँटका कागती टिप्न भ्याइनभ्याइ 


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बलेवा– तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याइनभ्याइ छ । 

बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न तथा बजार पुर्‍याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसान खुसीले दङ्ग छन् । 

बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ–१४ अर्माहका ४३ किसानको आशाको बारी हो सहेँलाको फाँट । चासो कृषक समुहमा आबद्ध उनीहरुले आफ्नै मेहनतले फल्ने फलबाट समृद्धिको सपना देखेका छन् । ‘पहिलो चरणणमा दुई सय किलो कागती टिपेर बिक्री गरियो, अनौठो अनुभव भइरहेको छ’, समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले भने, ‘पहिलो उत्पादन स्थानीय बजारमै खोसाखोस भयो ।’ 

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजिरहेका छन् । २० लाख लगानीबाट सुरु भएको कागतीको व्यावसायिक खेतीमा रु एक करोड रुपैयाँ भइसकेको छ । तीन सय रोपनीभन्दा धेरै जमिनमा चार हजार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवा फल दिन थालेको सुवेदीले बताए ।

अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेका छन् । जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकसमेत आउने गरेको समूहका अध्यक्ष सुवेदी बताउँछन् । सरकारी अनुदानमा आशा नराखी आफैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् । रु एक लाख बिरुवाको ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाइदिएको छ । 

हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल्न थालेको एक वर्षमा नै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताए । समूहमा आबद्ध रहेका किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा दिने गरेको छ । 

कागती फार्म सञ्चालनमा रहेको जग्गाका धनीहरुलाई नै समूहको सदस्य बनाइएको छ । समूहमा सबै सदस्यले समान लगानी गरेको सुवेदीले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १ : २९ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब