लिबिया बाढी : त्रिचालीस हजार विस्थापित « Khabarhub

लिबिया बाढी : त्रिचालीस हजार विस्थापित


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

डेर्ना- लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ ।

‘उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना  विस्थापित भएका छन्,’ आईओएमले सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ, ‘पानीलगायत दैनिक उपभोग्य सामग्रीको अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन्’ ।

अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको  सहायताकर्मीहरूले बताएका थिएभने डेर्ना नगरका प्रमुख अब्दुलमेनम अल–गैथीधचले नगरको जनसङ्ख्याका आधारमा १८ देखि २० हजार मानिसको मृत्यु भएको बताएका थिए । 

ड्यानियल आँधीसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका  दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ५ : १५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा