दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक, प्रतिनिधिसभा अन्तर्गतका दुई समितिका बैठक स्थगित, सभापति देउवाद्वारा ८ जना केन्द्रीय सदस्य मनोनित, भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा फिर्ता गर्न निर्देशन, श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय, विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह, वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन, दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यातलगायतका समाचारले प्रमुख स्थान पाए । 

सभापति देउवाद्वारा ८ जना केन्द्रीय सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। मनोनित हुनेमा चन्द्र भण्डारीसहितका नेताहरू छन्।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा २१ को उपधारा ९१००बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्।

प्रतिनिधिसभा अन्तर्गतका दुई समितिका बैठक स्थगित
प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।

नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखि चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजानिक गरेको हो ।

भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा फिर्ता गर्न निर्देशन
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबारको बैठकले भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो।

विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

सरकारले हालै संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदामा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप बदल्न शिक्षकहरुलाई आह्वान गरेका हुन् ।

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिको बैठकबारे आज अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जनाएको छ ।

दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ ।

प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो ।

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् ।

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ ।

गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको हो ।

दलालको जालो नतोडेसम्म मुलुक समृद्धितर्फ अघि बढाउन समस्या :  गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरूको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन समस्या भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको भ्रष्टाचार विरुद्ध सुशासन प्रवर्द्धनका चुनौति विषयक बिचार गोष्ठीमा बोल्दै उनले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरूको जालोले मुलुकमा भ्रष्टाचारले जरा गाडेका कारण मुलुकलाई समृद्ध बनाउन बाधक भइरहेको भन्दै उक्त जालो तोड्दै सुशासन कायम गर्ने र समृद्धिको दिशातर्फ अघि बढ्न सरकारको लक्ष्य रहेको बताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरू समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत
साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ कोषको स्वर्णमहोत्वसवको समुद्घाटन गर्दै साना तथा मझौला उद्योग–व्यवसायलाई उत्प्रेरित गरी मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्त्वपूर्ण भूमिका रहेको कोषले कर्जा सुरक्षण कार्यक्रम समयानुकूल विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ८ : ५९ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे