किन भित्र्याइन्छ फूलपाती ?  « Khabarhub

किन भित्र्याइन्छ फूलपाती ? 


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी अर्थात् फूलपाती भनिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ ।

शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याउने गरिन्छ । केरा, दारिम, धानको गाभा, अदुवाको बोट, हलेदो, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येक नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।

यी नौ पातमा ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणीकार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

वर्षाऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने भाइरस, ब्याक्टेरिया र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घर वा निवासस्थानमा रहन सक्दैनन् ।

यी औषधियुक्त पालुवालाई फूलपातीपछि लेप बनाएर तिलकका रुपमा शिरमा लगाउनाले रोगब्याधी निको हुने मान्यता रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : २७ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार