किन भित्र्याइन्छ फूलपाती ?  « Khabarhub

किन भित्र्याइन्छ फूलपाती ? 


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी अर्थात् फूलपाती भनिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ ।

शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याउने गरिन्छ । केरा, दारिम, धानको गाभा, अदुवाको बोट, हलेदो, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येक नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।

यी नौ पातमा ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणीकार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

वर्षाऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने भाइरस, ब्याक्टेरिया र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घर वा निवासस्थानमा रहन सक्दैनन् ।

यी औषधियुक्त पालुवालाई फूलपातीपछि लेप बनाएर तिलकका रुपमा शिरमा लगाउनाले रोगब्याधी निको हुने मान्यता रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : २७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना