मुक्तक | Khabarhub Khabarhub

मुक्तक


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

मुक्तक–१
घरी दीन आउँछ घरी रात आउँछ, मलाई रुवाउन आउँछ ।
धौधौ बुनेको त्यही सानो सपना तुहाउन आउँछ।।

त्यो खुशी नाचिरहेछ नजिकै मलाई बैँस देखाएर ।
भाग्यमै छैन र त पो आँसुको दहमा नुहाउन आउँछ।। 

मुक्तक–२
थाहा छ म सोझो हुँदा तिमी जाल बनी आयौ ।
सहारा दिएँ र त तिमी काल बनी आयौ ।।

गलपासो रेटिँदा मेरो घाँटीमा पीडैपीडाको ।
बर्बादीको नाटक गर्न तिमी कंगाल बनेर आयौ ।।

मुक्तक–३
सबै मुग्लान पस्नै पर्ने, यो कस्तो देश बनायौ ।
चोर, साधु मिलि खाने यो कस्तो मेस बनायौ ।।

दिनदहाडै तस्करले देश लुट्छन् नेताले जनता लुट्छन् ।
बदनामको आवरणको यो कस्तो अवशेष बनायौ ।। 

मुक्तक–४
अँधेरीमा पर्खेर तिमीलाई यो तन गलेको छ ।
दियौ र त झुठो आस यो मन जलेको छ ।।

के भुल थियो र मेरो घरी सुल बनी घोचिरहन्छेउ
सुकाइ सारा बर्बाद बनायौ भएको बन जलेको छ।।

मुक्तक– ५

बिसाउने चौतारी नहुँदा ओरालिँदै झरेँ।
नेपाल फर्कन पाइनँ आमा इजरायलमै मरेँ।।
पल पल मन जल्छ सपनीमा सकियो केही रहेन ।
बिर्सन सकिन तिमीलाई आमा आँसुमै रुँदै मरेँ।।

चित्र थापा
भगवतीमाइ गाउँपालिका–७, दैलेख

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’