मुक्तक–१ घरी दीन आउँछ घरी रात आउँछ, मलाई रुवाउन आउँछ । धौधौ बुनेको त्यही सानो सपना तुहाउन आउँछ।।
त्यो खुशी नाचिरहेछ नजिकै मलाई बैँस देखाएर । भाग्यमै छैन र त पो आँसुको दहमा नुहाउन आउँछ।।
मुक्तक–२ थाहा छ म सोझो हुँदा तिमी जाल बनी आयौ । सहारा दिएँ र त तिमी काल बनी आयौ ।।
गलपासो रेटिँदा मेरो घाँटीमा पीडैपीडाको । बर्बादीको नाटक गर्न तिमी कंगाल बनेर आयौ ।।
मुक्तक–३ सबै मुग्लान पस्नै पर्ने, यो कस्तो देश बनायौ । चोर, साधु मिलि खाने यो कस्तो मेस बनायौ ।।
दिनदहाडै तस्करले देश लुट्छन् नेताले जनता लुट्छन् । बदनामको आवरणको यो कस्तो अवशेष बनायौ ।।
मुक्तक–४ अँधेरीमा पर्खेर तिमीलाई यो तन गलेको छ । दियौ र त झुठो आस यो मन जलेको छ ।।
के भुल थियो र मेरो घरी सुल बनी घोचिरहन्छेउ । सुकाइ सारा बर्बाद बनायौ भएको बन जलेको छ।।
मुक्तक– ५
बिसाउने चौतारी नहुँदा ओरालिँदै झरेँ। नेपाल फर्कन पाइनँ आमा इजरायलमै मरेँ।। पल पल मन जल्छ सपनीमा सकियो केही रहेन । बिर्सन सकिन तिमीलाई आमा आँसुमै रुँदै मरेँ।।
चित्र थापा भगवतीमाइ गाउँपालिका–७, दैलेख