त्रिदेशीय टी–ट्वान्टी : हङकङविरुद्ध नेपाल ब्याटिङमा | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी : हङकङविरुद्ध नेपाल ब्याटिङमा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको सेमिफाइनलमा नेपाललले अहिले हङकङसँग खेलिरहेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यमा छ । यस्तै हङकङ भने पहिलो खेलमा नेपालसँगको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

नेपालले यसअघिका खेलमा यूएई र हङकङलाई हराएको थियो । आज पनि हङकङलाई पराजित गरेमा नेपाल फाइनलमा पुग्ने छ भने हङकङ र यूएईबीचको एक टिम उपाधिका लागि नेपालसँग खेल्ने छन् ।

पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ११ : ५८ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन