लेक्स कियर नेपाललाई एनआरएनको सहयोग « Khabarhub

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतमा अध्ययनरत एक १३ वर्षीया छात्राले नेपालमा कुकुरहरूको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्। 

लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैयाँ शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ।

बेलायतबाट सञ्चालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् । यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन्।

लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ । संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : २४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००