७ वर्षीय बालिका गुफामा मृत फेला « Khabarhub

७ वर्षीय बालिका गुफामा मृत फेला


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोजपुरमा शुक्रबारदेखि हराएकी ७ वर्षीय बालिका शनिबार गुफामा मृत फेला परेकी छन् । आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव शनिबार गुफामा फेला परेको हो।

घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा बालिका मृत फेला परेको प्रहरीले जनाएको छ। कम्मरमुनीको कपडा खोलिएको अवस्थामा गुफाको पानीमुनि शव फेला परेकाले बलात्कारपछि हत्या गरको हुन सक्ने आशंका गरिएको छ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई पक्राउ गरेको छ। उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : १५ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा