खाँणसहितका अभियुक्तको मुद्दाको पेसी न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा | Khabarhub Khabarhub

खाँणसहितका अभियुक्तको मुद्दाको पेसी न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतले दायर गरेको रिटको सुनुवाइकाे पेसी न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त  पुनरावेदन निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।  

प्रतिवादीले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा निवेदन दिएका थिए। यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।

अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ  जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ५५ बजे

आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर

hello world

hello world

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।