काठमाडौँ– कुमारी बैंक लिमिटेडले जुम्लाजिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्लाशाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया