भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले स्वयंसेवक टोली पठाउने | Khabarhub Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले स्वयंसेवक टोली पठाउने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयंसेवक टोली त्यसतर्फ पठाउने भएको छ ।

महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०-१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।

ती समूहले एक हप्ता काम गरिसकेपछि क्रमिकरूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने उनले बताए। श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घका चिकित्सक परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रभावित क्षेत्रमा पठन–पाठन सञ्चालन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक सङ्घले सामूहिकरूपमा कार्य गर्नेछ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै नै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने छ ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अतिविपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनःस्थापनासम्बन्धी अध्ययन गरी आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्‍याउने बैठकको निर्णय छ ।

भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्य क्षेत्रबारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन