इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु | Khabarhub Khabarhub

इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

‘मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उत्तरी गाजामा, बेइट लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र कमल ओडवान अस्पतालमा भएको आक्रमणबाट मङ्गलबार दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् कैयौं घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरू र स्थानीय प्रत्यक्षदर्शीहरूले बताएअनुसार जबलिया शरणार्थी शिविरको पश्चिम अल-फलौजा क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली हमलाले थुप्रै हताहत भएको बताएका छन्। स्थानीय उद्धारकर्ताहरू उद्धारकार्यमा संलग्न छन् ।

डाक्टर विदाउट बोर्डर्सले प्रेस विज्ञप्ति जारी गर्दै गाजाको उत्तरी भागमा रहेका आफ्ना कामदारहरूसँगको सबै सम्पर्क टुटेको भन्दै ूत्यहाँको अवस्था गम्भीरू रहेको बताएको छ ।

इजरायली आक्रमणले प्रमुख सञ्चार टावरहरूलाई निशाना बनाएपछि गाजा शहर र यसको उत्तरी क्षेत्रहरूमा केही दिनदेखि सञ्चार अवरुद्ध भएको छ। इजरायल रक्षा बलले मङ्गलबार विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा गाजामा २५० उड्डयन लक्षित आक्रमण गरेको जनाएको छ।

अघिल्लो दिन, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सोशल मिडिया प्लेटफर्म ह् मा इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूलाई हटाउन र पूर्वाधार नष्ट गर्न गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियाको घेराबन्दी पूरा गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ५४ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग