कोरियाको पानीजहाज परीक्षामा अनुतीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने « Khabarhub

कोरियाको पानीजहाज परीक्षामा अनुतीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरियाको पानीजहाज निर्माण सम्बन्धी कामका लागि भाषा परीक्षामा अनुतीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् ।

उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।

तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो ।

न्यायाधीशहरु राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरुलाई रोक नलगाउनु भनी अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश जारी गरेको छ ।

इपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन गत सोमबारदेखि शुक्रबारसम्म आवेदन दिन आह्वान गरेको थियो । रोजगार अनुमति प्रणाली अन्तर्गत यस वर्षदेखि दक्षिण कोरियाले पानी जहाज बनाउने कामदारका लागि छुट्टै परीक्षा लिन सुरु गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ८ : ५२ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो