कावासोतीमा सामूहिक आलुखेती सुरु | Khabarhub Khabarhub

कावासोतीमा सामूहिक आलुखेती सुरु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदेबालीका रुपमा रहेको आलुखेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलुखेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलुखेती गरेका हुन् ।

कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर पाँच लाख रुपैयाँको लगानीमा आलुखेती गरिएको परिवर्तन कृषक समूहका अध्यक्ष मणिप्रसाद न्यौपानेले जानकारी दिए । ३५ जनाको समूह बनाएर आधुनिक पद्धतिबाट व्यावसायिक आलुखेती गरिएको न्यौपानेले बताए ।

विगत वर्षमा थोरै जमिनमा पुरानै तरिकाले आलुखेती गर्दा खासै प्रतिफल नआउएको बताउँदै समूहकी कोषाध्यक्ष कुन्तिकला अधिकारीले यस पटक सामूहिक रुपमा कृषि प्राविधिकको सहयोगमा आधुनिक तरिकाले आलुखेती गरिएकाले राम्रो प्रतिफल पाउने विश्वास व्यक्त गरिन् । नगरपालिकाको अनुदानमा सामूहिक रुपमा खेती गरिएपछि कृषि प्राविधिकको सहयोग पनि राम्रो पाएको उनको भनाइ थियो ।

सामूहिक रुपमा उत्पादन गरिएको आलु स्थानीय बजारमै बिक्री गर्ने समूहको तयारी छ । अहिले किसानले आलु गोडमेल गरिरहेको समय भए पनि स्थानीय व्यापारी आलु खरिदका लागि अग्रिम सम्पर्कमा आउने गरेका समूहका अध्यक्ष न्यौपानेले बताए । जिल्ला सदरमुकाम कावासोती बजारबाट करिब दुई÷तीन किलोमिटरको दूरीमा उत्पादन गरिएको आलुले सहजै बजार र राम्रो मुल्य पाउने उनले विश्वास व्यक्त गरे ।

केही वर्षपहिले केराखेती गरेर आम्दानी गर्ने गरेका किसान पछिल्लो समय भने स्थानीय बजारमा आलुको माग बढ्दै गएको र स्थानिय तहले आलुखेतीमा अनुदान दिन सुरु गरेपछि सामूहिक रुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् । यस क्षेत्रको माटो आलुका लागि राम्रो र स्थानीय बजार कावासोती, डण्डा, दलदले र नारायणघाटबाट यस क्षेत्रको आलु माग बढेकाले पनि किसान आलुखेतीतर्फ आर्कषित भएका कृषि प्राविधिकको भनाइ छ ।

गत वर्ष जिल्लामा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । यस वर्ष थप ६० हेक्टर जमिनमा आलु खेती विस्तार भएको छ । गएको वर्ष जिल्लाभर ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ४८ बजे

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज